काभ्रे: सवारी दुर्घटनामा ३ जना घाईते

मंसिर-१६ गते,  माहाभारत गा.पा. ३ बेसारे स्थित भित्री सडक खण्डमा ऐ. बेसारेबाट सल्लेनी तर्फ जादै गरेको ना५त ८८७ नं. को ट्याक्टर आफै अनियन्त्रीत भई पल्टिदा ट्याक्टर चालक जि. काभ्रे महाभारत गा.पा. ६ बस्ने अन्दाजी वर्ष २२ को रंजित माझी, ऐ.ऐ. बस्ने अन्दाजी वर्ष २१ को गुन्जमान मोक्तान र ऐ.ऐ. बस्ने अन्दाजी २५ को मंजर मोक्तान सहित तीनै जना घाईते भई उपचारको लागी धुलीखेल अस्पताल तर्फ पठाईएको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।