धादिङ: सवारी दुर्घटनामा १ जनाको मृत्यु

मंसिर-१५ गते,गल्छी गा.पा.४ मास्टार स्थित पृथ्वीलोकमार्गमा काठमाडौंबाट गोर्खा आरूघाट आउदै गरेको बा४ख ४४७६ नं. को यात्रु बाहक बसले MH 46 BF 0920  नं. कन्टेनर गाडीको सह-चालक जिल्ला कपिलबस्तु शुद्धधन गा.पा ५ फुलुवापुर बस्ने अन्दाजी वर्ष १९ को संदिप यादव बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा घाईते भई उपचारको लागि गजुरी अस्पतालमा ल्याउदै बाटोमा मृत्यु भएको, ठक्कर दिने बस र बस चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।