धादिङ: सवारी दुर्घटनामा २ जना घाईते

मंसिर-१५ गते,  सिद्दलेक गा.पा. १ कालिदह स्थित कालुपाण्डे सडकखण्डमा काठमाडौँबाट धादिङबेशी तर्फ आउँदै गरेको बा४ख ४१६७ नम्बरको माईक्रो र बिपरित दिशातर्फ जाँदै गरेको बा५४प ३३२ नं. को  मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जि. गोरखा आरूबाम गा.पा.५ बस्ने ३३ को राम कुमार श्रेष्ठ र मोटरसाईकल पछाडि सवार ऐ. बस्ने निजको श्रीमति वर्ष ३४ की मुना श्रेष्ठ सहित दुवै जना घाईते भई  जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको, माईक्रो, माईक्रो चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।