मकवानपुर: लागुऔषध सहित मानिस नियन्त्रणमा

मंसिर-१५ गते,  भिमफेदी गा.पा २ भैसे चोक स्थितमा खटिएको प्रहरीको चेकिङ टोलिले पालुङ्बाट हेटौडा तर्फ आउदै गरेको बा२५प ८७ ८३ नं. को मोटरसाईकल रोकी चेक जाँच गर्ने क्रममा मोटरसाईकलको सिट, ट्याङकी मुनी फल्स बटम बनाई लुकाई छिपाई लागु औषध  चरेस अन्दाजी २४ किलो फेला परी चालक जि. पर्सा अमर-पट्टी गा.पा.२ बस्ने बर्ष २५ को राजेश यादव र मोटरसाईकलमा पछाडी सवार ऐ.ऐ. बस्ने वर्ष १८ को ऋसी कुमार यादव सहित दुवैलाई नियन्त्रणमा आवश्यक अनुसन्धान कार्य भईरहेको ।