चितवन: सवारी दुर्घटनामा १३ जना घाईते

मंसिर-१४ गते, भरतपुर महानगरपालिका-२९ गाईघाट स्थित नारायणगढ मुग्लिन सडक खण्डमा काठमाण्डौबाट सुर्खैत तर्फ आउदै गरेको ना४ख ९८१९ नं. को बसले बिग्रि रोकी रहेको ना५ख ९१९७ नं. को खाली ट्रकमा पछाडीबाट ठोकिदा बसमा सवार ३५ जना मध्ये १३ जना घाईते भई ४ जना पुरानो मेडिकल कलेज भरतपुर र ९ जनालाई नयाँ मेडिकल कलेजमा उपचार भईरहेको, दुबै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।