काभ्रे: सवारी दुर्घटनामा १ जना घाईते

मंसिर-१४ गते, बनेपा न.पा. १३ सागरग्याँस अगाडी अरनिको राजमार्गमा बनेपाबाट साँगा तर्फ जादै गरेको बा१८च १७८४ नं. को कारले बिपरीत दिशा तर्फबाट आउदै गरेको बा८३प ४७१५ नं. को मोटरसाईकल बिच एक आपसमा ठक्कर खादा मोटरसाईकल चालक काठमाडौं महानगरपालिका-१६ बनस्थलि बस्ने ३३ को रबिन्द्र कुवर घाईते भई शिर मेमिरल अस्पताल बनेपामा उपचार पछि थप उपचारको लागि बि एम बि अस्पताल पठाईएको, दुवै सवारी र कार चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईहेको ।