काभ्रे: सवारी दुर्घटनामा १ जना घाईते

मंसिर-१३ गते, बनेपा न.पा. १४ साँगा स्थित अरनिको राजमार्गमा भक्तपुरबाट बनेपा तर्फ आउदै गरेको बा४च २९७२ नं. को डिआई गाडिलाई सोहि दिसा तर्फबाट आउदै गरेको बा६३प ७०२८ नं. को स्कुटरले बायाँ दिसा तर्फबाट ओभरट्याक गर्ने क्रममा सोहि गाडिमा ठक्कर खादा स्कुटर चालक जिल्ला काठमाण्डौँ तारकेश्वर न.पा.५ बस्ने बर्ष २९ कि सुनकेसरी श्रेष्ठ् घाईते भई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा पठाईएको,दुबै गाडि प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।