काभ्रे: सवारी दुर्घटनामा २ जना घाईते

असोज-२१ गते, धुलिखेल नगरपालिका-३ अरनिकोराजमार्ग स्थित भकुण्डेचोकमा धुलिखेलबाट बनेपा तर्फ जादै गरेको बा५७प २३१८ नं. को मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको बा९३प ६२७ नं. को मोटरसाईकल एक-आपसमा ठक्कर खाई दुर्घटना हुदाँ २ जना घाईते भई धुलिखेल अस्पतालमा उपचार भईरहेको, दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।