सिन्धुली: सवारी दुर्घटनामा ३ जनको मृत्यु २८ जना घाईते

असोज-१८ गते, सुनकोसी गाउँपालिका-१ देबिस्थान स्थित (काभ्रे र सिन्धुलीको सिमानामा) बि.पि.राजमार्ग सडक-खण्डमा काठमाडौंबाट सिराहाको लाहान तर्फ जादै गरेको बा३ख२३५९ नं. को बस आफै अनियन्त्रित भई सडकमा पल्टन जांदा उक्त बसमा सवार ३१ जना मध्ये ३ जनाको घटनास्थलमा नै मृत्यु भएको, २८ जना घाईतेहरूलाई धुलिखेल अस्पताल र खुर्कोट स्थित भरोसा तथा सुभ जिबन अस्पतालमा उपचार तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।