मकवानपुर: सवारी दुर्घटनामा १ जनाको मृत्यु १ जना घाईते

असोज-१७ गते, हेटौंडा उपमहानगरपालिका- १ चाइनागेट स्थित पुर्ब पश्चिम सडकखण्डमा थानाभर्‍याङबाट हेटौंडा तर्फ आउदै गरेको ना८ख ३८७२ नं. को खाली ट्यांकरले ऐ दिशा तर्फ आउदै गरेको ना५६प ३९३५ नं. को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक ऐ.ऐ बस्ने बर्ष ४५ को शशी न्यौपाने घाईते भई हेटौंडा अस्पतालमा उपचार भईरहेको र मोटरसाईकल पछाडी सवार निजकै श्रीमती बर्ष ३५ कि सिता न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको, ठक्कर दिने ट्यांकर र ट्यांकर चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।