मकवानपुर: सवारी दुर्घटनामा १ जना घाईते

असोज-१७ गते, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानी स्थित पुर्व पश्चिम सडकखण्डमा मनहरीबाट हेटौंडा तर्फ जादै गरेको ग२च ५४५९ नं. को सानो गाडीले ऐ.ऐ. बस्ने पैदल यात्री अन्दाजी बर्ष ७३ को  रुद्र ब. बिष्टलाई बाटो काट्ने क्रममा ठक्कर दिदा घाईते भई  चुरेहिल अस्पतालमा उपचार भईरहेको, गाडी र चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।