चितवन: सवारी दु्र्घटनामा १ जना घाईते

असोज-०३ गते, खैरहनी नगरपाकिका- ८ स्थित ईन्टरनेशनल कलेज अगाडी पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ग२च ७८९९ नम्बरको बोलेरोले विपरित दिशाबाट आउँदै गरेको ना६४प १३३७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा सोहि स्थान बस्ने स्कुटि चालक वर्ष २१ को रेशम चौधरी गम्भिर घाईते भई उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर तर्फ पठाईएको, सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको।