सिन्धुली: सवारी दुर्घटनामा ७ जना घाईते

असोज-०२ गते, दुधौली नगरपालिका-२ रतनपुर स्थित हेटौंडा-धरान चतरा सडक-खण्डमा गागन बजारबाट डकाहा तर्फ जांदै गरेको ना४ख ७१०९ नं. को मिनिट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २ मिटर तल बांयापट्टी खेतमा पल्टन जाँदा उक्त ट्रकमा सवार चालक सहित ७ जना घाईते भई प्राथमिक स्वास्थ केन्द्र रांगेमा उपचार तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।