चितवन: सवारी दु्र्घटनामा २ जना घाईते

असोज-०२ गते, भरतपुर महानगरपालिका-१ रामनगर बजार नजिक महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको ना६ख ८४५२ नम्बरको बसलाई सोही दिशा तर्फ जादै गरेको ग१ज ६५९५ नम्बरको टाटा सुमोले ओभर ट्याक गर्ने क्रममा बसले टाटा सुमोलाई पछाडीबाट ठक्कर दिँदा टाटा सुमोमा सवार जि. गोरखा मनकामना-३ बस्ने बर्ष २९ को राजेन्द्र थापा र जि. तनहुं आंबुखैरहनी-३ बस्ने बर्ष २१ को सयल घले सहित दुबै जना घाईते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको, दुबै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।