चितवन: सवारी दुर्घटनामा १२ जना घाईते

असोज - ०१ गते,  भरतपुर  महानगरपालिका-२९ जुगेडी बजार नजिक धनगढीबाट काठमाडौं तर्फ जादै गरेको ना५ख ९४११ नं. को बसलाई नेपालगन्जबाट काठमाडौं तर्फ गईरहेको ना४ख ६६४७ नं. को बसले पछाडीबाट ठक्कर दिंदा सोहि बसमा सवार २९ जना मध्ये चालक सहित १२ जना घाईते भई पुरानो मेडिकल अस्पताल भरतपुरमा उपचार तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।