धादिङ: सवारी दुर्घटनामा २ जना घाईते

भाद्र-२१ गते, गल्छी गाँउपालिका-७ भल्टार स्थित पृथ्बीलोकमार्गमा गल्छीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा५ख ६५८७ नम्बरको  टिफर र काठमाण्डौबाट नुवाकोट तर्फ आउँदै गरेको बा९०प ३३९५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक जिल्ला नुवाकोट टुक्चे मनकामना बस्ने अन्दाजी बर्ष ६५ को मिन बहादुर तामाङ र सोही मोटरसाईकल पछाडी सवार ऐ.ऐ. बस्ने निजकै श्रीमति अन्दाजी बर्ष ५८ की पिपा तामाङ सहित दुवै जना घाईते भई ट्रमा सेन्टर काठमाण्डौमा उपचार भईरहेको, टिफर र मोटरसाईकल प्रहरीको  नियन्त्रणमा, टिफर चालक फरार भएकोले खोज तलास तथा आवश्यक अनुसन्धान कार्य भईहेको ।