मकवानपुर: सवारी दुर्घटनामा ३ जनाको मृत्यु ८ जना घाईते

भाद्र-२० गते, भिमफेदी गाउँपालिका-६ चिसापानी स्थित हेटौंडा कुलेखानी सडक खण्डमा हेटौंडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना१ज ३६४० नं. को सुमोको टाएरेट फुस्किन गई सडकबाट अन्दाजी ५० मिटर तल खस्न गई दुर्घटना हुँदा सुमोमा सवार १३ जना मध्ये ३ जनाको  मृत्यु भएको र ८ जना घाइते भई चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भईरहेको, सुमो चालक प्रहरीकोको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।