धादिङ: सवारी दुर्घटनामा १९ जना घाईते

भाद्र-२० गते,  बेनिघाटरोराङ गाउँपालिका-३ गौमतिपुल स्थित पृथ्बिलोकमार्गमा चितवनबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना४ख ७१६४ नम्बरको ट्रक र बिपरित दिशाबाट आउँदै गरेको ना४ख ७४५८ नम्बरको बस एक आपसमा ठक्कर खाँदा १९ जना मानिसहरु घाईते भई  १२ जनाको गजुरी अस्पताल र ७ जनाको मलेखु अस्पतालमा उपचार भईरहेको, गाडी घटनास्थलमा नै रहेको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।