मकवानपुर: सवारी दुर्घटनामा १ जनाको मृत्यु

भाद्र-१९ गते, हेटौंडा उपमहानगरपालिका-१० जिल्ला प्रहरी कार्यालय गेट अगाडी थानभर्‍याङबाट  बसपार्क तर्फ आउँदै गरेको ना५ख ७५३९ नं. को ट्रकले पैदलयात्री जि. सर्लाही घर भई अन्दाजी ६५ को बल बहादुर भुजेललाई ठक्कर दिँदा घाईते भई चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको, ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।