नुवाकोट: खोलाले बगाई २ जनाको मृत्यु

श्रावण-२७ गते, ककनी नगरपालिका-१ कोल्फु खोलामा पौडी खेल्ने क्रममा ऐ.ऐ. बस्ने बर्ष १३ कि बिनिता बलामीलाई सोही खोलाले बगाएको कारण जि. सिन्धुली फिपल गाँउपालिका-७ घर भई हाल सोही खोलामा बालुवा निकाल्ने काम गर्ने अन्दाजी बर्ष ३५ कि लक्ष्मी तामाङले निजलाई बचाउन खोलामा गएकोमा दुबैको सोही खोलाले बगाई मृत्यु भएको भन्ने खबर प्रहरी कार्यालयमा प्राप्त हुन साथ प्रहरीको टोली खटी गई, प्रहरीले स्थानियको सहयोगमा उक्त लाशलाई खोलाबाट निकाली खोला किनारामा राखीएको, आवश्यक बुझ्ने कार्य भई रहेको ।