मकवानपुर: लागु औषध सहित मानिस नियन्त्रणमा

श्रावण-२५ गते, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपईन्टमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रौतहटबाट हेटौंडा तर्फ आउँदै गरेको ना११प ८२७१ नं. को मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकल पछाडी सवार जि. रौतहट घर भई हाल हेटौंडा-१० TCN रोड बस्ने बर्ष १८ को सचिन रजदासको साथबाट ६४ पिस नाईट्रोभेट ज्याकेटको गोजीबाट फेला पारी, मोटरसाईकल चालक जि. मकवानपुर हेटौंडा-१० TCN रोड बस्ने बर्ष २० को रबी कुमार साह र मोटरसाईकल समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।