सिन्धुली: सवारी दुर्घटनामा २ जना घाईते

श्रावण-२५ गते, गोलान्जोर गाँउपालिका-७ खुर्कोट स्थित बि.पि. राजमार्गमा बर्दिबासबाट काठमाण्डौं तर्फ जाँदै गरेको BR32T6107 नं.को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक जि. मधुवनि भारत बस्ने बर्ष ३५ को आकर्षन कुमार सुनार र मोटरसाईकल पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष ३५ को सन्तोष कुमार गुप्ता सहित दुबै जना घाईते भई स्थानिय सुनकोशी अस्पताल खुर्कोटमा उपचार भईरहेको, मोटरसाईकल प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।