चितवन: सवारी दुर्घटनामा ३ जना घाईते

श्रावण-२४ गते, भरतपुर महानगरपालिका-२६ खत्रौली र घान्दुर्क चोकमा रहेको (ड्राईभर्सन) नयाँ बनाउन लागेको पुलमा कसराबाट ज्योतिनगर तर्फ गईरहेको ना३२प १७३६ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई पुलबाट तल नहरमा खस्न जाँदा मोटरसाईकल चालक जि. चितवन भरतपुर महानगरपालिका-२७ मेघौली बस्ने बर्ष ३२ को अनिल सोनामी, मोटरसाईकल पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष १७ को अजित क्षेत्री र ऐ.ऐ बस्ने १६ को सुमन भजेल सहित तीनै जना घाईते भई नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको, मोटरसाईकल प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।