रामेछाप: सवारी दुर्घटनामा १ जना घाईते

श्रावण-२४ गते, रामेछाप उमाकुण्ड गाँउपालिका १ स्थित चरिअडिट भन्ने स्थानमा लिखु २ हाईड्रोपावर कम्पनिमा पार्किङ गरि राखेको ब्याग लोडर पार्किङबाट बाहिर निकाल्ने क्रममा ब्रेक फेल भई सोहि स्थानबाट अन्दाजी ५० मिटर तल खस्न जाँदा ब्याग लोडर चालक ओखलढुङगा सुनकोशी गाँउपालिका-९ घर भई हाल ऐ.ऐ. लिखु २ हाईड्रोपावर कम्पनिको ब्याग लोडर चालक बर्ष २७ को भिम ब. खत्री घाईते स्थानिय मेडिकल बाम्तीमा उपचार तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।