धादिङ: सवारी दुर्घटनामा ३ जना घाईते

श्रावण-२३ गते, गजुरी गाउँपालिका वडा-५ स्थित पृथ्वी लोकमार्गमा काठमाडौबाट मुग्लिङ तर्फ आँउदै गरेको बा२च ५२२२ नम्बरको कार र बिपरित दिशावाट आँउदै गरेको ना६ख ५७१४ नं. को ट्रक एक आपसमा ठक्कर खाँदा कारमा सवार जि. मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ चौकीटोल बस्ने बर्ष २७ को सन्दिप कार्की, ऐ.ऐ बस्ने बर्ष २८ को रबिन श्रेष्ठ घाईते भई स्थानिय मेडिकल गजुरी अस्पतालमा उपचार भईरहेको र कार चालक जि. काठमाडौं बस्ने बर्ष ३५ को गुद्दु रन्नपहेली पनि घाईते भई उपचारको लागि काठमाडौं तर्फ लगिएको, ट्रक, ट्रक चालक र कार प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।