धादिङ: सवारी दुर्घटनामा १ जनाको मृत्यु

श्रावण-२२ गते, धुनिवेशी नगरपालिका-६ नौविसे स्थित पृथ्वी लोकमार्गमा काठमाण्डौ बाट चितवन तर्फ आँउदै गरेको लु१ख ४९६६ नं.को ट्रकले पैदल यात्री भारत पश्चिम चम्पारण मात्र खुलेको अन्दाजी बर्ष ४०/४२ को सत्यनारायण दास लाई ठक्कर दिंदा घाईते भई शिवदर्शन अस्पताल धार्केमा समान्य उपचार पश्चात थप उपचारको लागी नेश्नल अस्पताल कलंकि काठमाण्डौ रिफर गरिएकोमा उपचारको क्रममा मृत्यु भएको, ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।