चितवन: सवारी दुर्घटनामा १ जना मो.सा. चालकको मृत्यु

श्रावण-२२ गते, राप्ती नगरपालिका-२ पिप्ले स्थित पुर्व पश्चिम लोक मार्गमा पुर्वबाट पश्चिम तर्फ आँउदै गरेको ना४०प १५८३ नं. को मो.सा र विपरित दिशाबाट आँउदै गरेको ना ३४प ७१६८ नं. को मो.सा. एक आपसमा ठक्कर खाँदा दुवै मो.सा. मा सवार दुवै मो.सा. चालक घाईते भई उपचारको लागि  पुरानो मेडिकल कलेज भरतपुर ल्याईएकोमा ना४०प १५८३ नं. मो.सा. चालक जिल्ला चितवन राप्ति नगरपालिका-१ लोथर वस्ने वर्ष २१ को संजिव कडेलको उपचारको क्रममा मृत्यु भएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।