धादिङ: सवारी दुर्घटनामा १ जना गम्भिर घाईते

श्रावण-२१ गते, निलकण्ठ नगरपालिका-११ ज्यामरुङ स्थितमा ज्यामरुङबाट मुरलिभन्ज्याङ तर्फ आँउदै गरेको ग१ त १३६६ नं. को  गुडीरहेको ट्याक्टर बाट जिल्ला सल्यान बाघचौर नगरपालिका-३ घर भई हाल नवकान्तिपुर कन्टक्सन कम्पनिमा काम गर्ने कामदार अन्दाजी बर्ष २३ को रमेश जि.सी. उक्त ट्याक्टर बाट खस्न जाँदा घाईते भई उपचारको लागी धादिङवेशी जिल्ला अस्पतालमा ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी चितवन मेडिकल कलेजमा पठाईएको, घाईतेको अबस्था गम्भिर रहेको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।