मकवानपुर: लागु औषध सहित मानिस नियन्त्रणमा

श्रावण-२१ गते, हेटौडा उप-महानगरपालिका-१५ फारलाईन नजिक वनदेबी मन्दिर स्थितमा खटिएको प्रहरी गस्ति टोलिले ना५१प २००२ नं. को मो.सा. पारिश्रमिक टोल बाट फारलाईन तर्फ आँउदै गर्दा  रोकी चेक जाँच गर्दा ऐ.ऐ. १५  पारिश्रमिक टोल बस्ने बर्ष २० को निर्दोष लामा र ऐ. बस्ने बर्ष २२ को प्रबिन बम्जन दुबैले घुडा मुनि लुकाई छिपाई ल्याएको लागुऔषध नाईट्रोभेट ७५ पिस फेला पारी मो.सा. र दुबै ब्यक्तिलाई नियन्त्रणमा लिई प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।