धादिङ: पहिरोले घर भत्काउँदा १ जनाको मृत्यु १ जना घाईते

आषाढ-२७ गते, गजुरी गाँउपालिका-४ दरिङ्गाल बालुवाडाँडा बस्ने कृष्ण बहादुर तामाङको १ तले ढुङ्गा माटो र टिनले छाएको कच्चि घरमा पहिरो आई घर भत्किन जाँदा निजको छोरी बर्ष ८ कि अस्मिता तामाङको घटनास्थलमा नै मृत्यु भएको र छोरा बर्ष १२ को जयराम तामाङ मध्यम घाईते भई स्थानिय मेडिकलमा उपचार तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।