दोलखा: सवारी दुर्घटनामा १२ जना घाईते

आषाढ-२७ गते, काठमाण्डौबाट दोलखाको लामाबगर तर्फ जाँदै गरेको बा४ख ५१४९ नं. को यात्रुबाहक बस जिल्ला दोलखा भिमेश्वर नगरपालिका-२ पाख्लती बजार नजिकैको मोडमा पुग्दा स्टेरिङ काट्दा नकाटिने भई सडकको भित्तामा ठोकी दुर्घटना हुँदा प्रहरीको टोली खटी गाडीमा सवार ४० जनाहरू मध्ये १२ जना घाईतेहरुलाई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट र गौरिशंकर जनरल अस्पतालमा ल्याएको, गाडी चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।