मकवानपुर: खोलाले बगाउँदा १ जना घाईते

आषाढ-२७ गते, हेटौंडा उपमहानगरपालिका-९ त्रिबेनिधाम स्थित रहेको कुख्रेनी खोलामा जि. बारा निजगढ नगरपालिका-१२ घर भई हाल ऐ. हेटौंडा उपमहानगरपालिका-४ कर्रा  डेरागरी बस्ने बर्ष १७ को बिक्रम आले माछा मार्ने क्रममा खोलाले बगाउँदा  प्रहरीको टोली खटी गई खोलाबाट उद्धार गरी उपचारको लागी हेटौडा अस्पतालमा ल्याएको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।