दोलखा: सवारी दुर्घटनामा ३ जना घाईते

आषाढ-२७ गते, भिमेश्वर नगरपालिका-३ स्थित कालिन्चोक क्याम्पस नजिकै राति देखि परेको अविरल वर्षाको कारण  चरिकोटबाट अपर तामाकोशी जाने सडकखण्डमा सडकबाट अन्दाजी १० मिटर माथिबाट आएको पहिरोले बाटो हिडिरहेकी ऐ.ऐ. नागिधारा वस्ने वर्ष ४६ कि जलमाया थामिलाई च्यापि घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट ल्याउने क्रममा ऐ.ऐ. स्थित सडकमा बा ४ ख २१२५ नं. को टिफर पल्टिन गई उक्त टिफरमा सवार घाईतेको आफन्त ऐ.ऐ. बस्ने वर्ष ३६ को गंगालाल थामि, ऐ.ऐ. बस्ने निज गंगालाल थामिको छोरा वर्ष २० को मंजिता थामि समेत घाईते भई  निजहरुको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार भईरहेको, चालक फरार भएकोले खोज तलास तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।