दोलखा: सवारी दुर्घटनामा १ जना घाईते

आषाढ-२५ गते, कालिन्चोक गाँउपालिका वडा नं. २ स्थित रहेको सिंगटी हाईड्रो ईनर्जीको ट्रनेल भित्र सोहि हाईड्रो ईनर्जीको बा२क ९९८७ नं. को मिनिट्रकले पछाडि हटाउने क्रममा जिल्ला सल्यान शारदा नगरपालिका वडा नं. १ श्रीनगर घर भई हाल सोहि हाईड्रोमा काम गर्ने वर्ष-२२ को टोपेन्द्र राउ घाईते भई टिचिङ अस्पताल काठमाण्डौमा उपचार तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।