सिन्धुली: लागु औषध गाँजा नियन्त्रणमा

आषाढ-२४ गते, सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ क्वाटरचोक स्थितमा ऐ. क्यानदोभानबाट हरिवनको सर्लाही तर्फ गईरहेको बा४२प ८४०७ र बा६९प ४५८४ नं. को  मोटरसाईकलले यस चौकीबाट खटिएको प्रहरी गस्ति टोलीलाई देखि मोटरसाईकल र २ वटा सेतो बोरा छाडी ४ जाना मानिसहरु  भागी फरार भएको हुदा उक्त बोरा चेकजाँच गर्दा अन्दाजी ५० के.जि. बराबरको लागु औषध गाँजा फेला पारि गाँजा र मोटरसाईकल प्रहरीको नियन्त्रणमा, फरार भएका मानिसहरूलाई खोज तलास तथा आवश्यक अनुसन्धान कार्य भईहेको ।