मकवानपुर: सवारी दुर्घटनामा १ जना घाईते

जेष्ठ-२५ गते, मनहरी गाँउपालिका-९ खरङ्गा स्थित पुर्व पश्चिम सडकखण्डमा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको बा२०च ६८३९ नं. को कार र बिपरित दिशाबाट जाँदै गरेको बा५२प १२२ नं. को मोटरसाईकल एकआपसमा ठक्कर खादा मोटरसाईकल चालक ऐ. हेटौंडा-१३ पदमपोखरी बस्ने बर्ष ४१ को बिकास लामा घाईते भई चुरेहिल अस्पतालमा उपचार भईरहेको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।