धादिङ: सवारी दुर्घटनामा १ जनाको मृत्यु १ जना घाईते

वैशाख-३० गते, बेनिघाट रोराङ गाँउपालिका-९ ज्यामिरेघाट स्थित पृथ्बिलोकमार्गमा पोखराबाट काठमाण्डौ तर्फ जाँदै गरेको ग१क ४१५७ नं. को आईसक्रिम बोकेको A/C भ्यान आफै अनियन्त्रित भई सडक बाट अन्दाजी ३० मिटर तल त्रिशुली नदिमा  खस्न गई चालक जि. कास्की लेखनाथ उपमहानगरपालिका- १४ बस्ने बर्ष ३६ को दान ब. दाहाल को उपचारको क्रममा ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको, सोही गाडीमा सवार सह चालक जि. गोर्खा गण्डकी गाँउपालिका-४ बस्ने बर्ष २१ को सुदिप सापकोटा सामान्य अवस्थामा रहेको र जि. सिन्धुली घर भई हाल दमौली डेरा गरी बस्ने बर्ष ४० की दुर्गा राना गम्भिर घाईते भई  उपचारको लागी गजुरी तर्फ पठाईएको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।