चितवन: सवारी दुर्घटनामा १ जनाको मृत्यु

वैशाख-४ गते, ईच्छाकामना गाँउपालिका-४ लेवटार भन्ने स्थानमा पोखराबाट काठमाण्डौ तर्फ जांदै गरेको बा २ ख २२४८ नम्बरको माईक्रो र बिपरित दिशाबाट आईरहेको ग ७ प ९३९८ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खांदा मोटरसाईकल उछिट्टिएर पोखराबाट काठमाण्डौ तर्फ जांदै गरेको बा २ ख १९१२ नम्बरको माईक्रोमा ठोक्किई मोटरसाईकल चालक जि. गोरखा, गोरखा नगरपालिका-८ बस्ने बर्ष ४० को शम्भु खड्का गम्भिर घाईते भई  पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको, तीन वटै सवारी साधन र माईक्रो चालक प्रहरीको नियन्त्रणमा, सो सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको ।