चितवन: सवारी दुर्घटनामा १ जनाको मृत्यु र १ जना घाईते

वैशाख-४ गते, भरतपुर महानगरपालिका-११ गणेशथान चोकमा आंपटारीबाट बसपार्क तर्फ आउदै गरेको बा४ख ७६ नम्बरको आईचर ट्रकले ऐ. दिशा तर्फ जांदै गरेको बा४६प ७८३० नम्बरको मोटरसाईकललाई र साईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक जि. चितवन कालिका नगरपालिका-९ शक्तिखोर बस्ने बर्ष ३७ को रेशम बहादुर गुरुङको घटना स्थलमा नै मृत्यु भएको र साईकल चालक भरतपुर महानगरपालिका-११ बस्ने बर्ष ७२ को श्याम कुमार श्रेष्ठ घाईते भई  सरकारी अस्पताल भरतपुरमा उपचार भईरहेको, दुबै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।