चितवन: सवारी दुर्घटनामा ६ जना घाईते

वैशाख-३ गते, भरतपुर महानगरपालिका-४ लंकु स्थित भित्री सडक खण्डमा १० दिन देखि बिग्रिई रोकि राखेको ना५ख ७०८० नं. को ट्रकमा नारायणगढ बाट लंकु तर्फ जाँदै गरेको बा१९च ३९०२ को कार ठोकिन जाँदा कारमा सवार ६ जना घाईते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको, दुवै सवारी घटना स्थलमा नै रहेको, ट्रक चालक फरार भएको ले खोज तलास तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।