मकवानपुर: लागु औषध सहित मानिस नियन्त्रणमा

वैशाख-२ गते, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेक पोष्टमा बिरगंजबाट हेटौंडा तर्फ आउदै गरेको ना१ज १७३९ नं. को माईक्रो बसलाई खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सोहि माईक्रोमा सवार भई आएको जिल्ला मकवानपुर हेटौडा-८ कमाने बस्ने बर्ष २६ को रुपक राईले लगाएको जुत्ताको मोजा भित्र लुकाई राखेको लागु औषध नाईट्रोभेट ६० टयाबलेट फेला पारी मानिस सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।