चितवन: सवारी दुर्घटनामा ३ जना घाईते

वैशाख-२ गते, रत्ननगर नगरपालिका-६ सौराहा स्थित टांडीबाट सौराहा तर्फ जांदै गरेको ना५५प ८८७३ नम्बरको स्कुटी र बिपरित दिशाबाट आउंदै गरेको ना५४प २७८६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खांदा मोटरसाईकल चालक जि. चितवन भरतपुर महानगरपालिका-२ बस्ने बर्ष २२ को पृथ्वी गुप्ता, स्कुटी चालक ऐ. ८ बस्ने बर्ष २० को नबिन थपलिया र स्कुटी पछाडी सवार ऐ. ६ बस्ने बर्ष २३ को मनिस गिरी घाईते भई सरकारी अस्पताल भरतपुरमा उपचार भईरहेको, दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।