मकवानपुर: सवारी दुर्घटनामा १ जनाको मृत्यु

वैशाख-१ गते, गढि गाँउपालिका-२ सिखरकटेरि स्थितमा सडक छेउमा रोकी राखेको ना८ख ४३२६ नं. को टिफरमा हेटौंडा बाट धरमपानी जादै गरेको ना३प १८४९ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई ठक्कर खादा मोटरसाईकल चालक गढी गाँउपालिका-२ धरमपानी बस्ने अन्दाजी बर्ष ३५ को गोबिन्द भोम्जन पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको, मोटरसाईकल, टिफर र टिफर चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।