मकवानपुर: लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा

वैशाख-१ गते, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकप्वाईन्टमा  खटिएको चेकिङ प्रहरी टोलिले हेटौंडा बाट बारा तर्फ जाँदै गरेको ना५ख ३९५२ नं. को यात्रुबाहक बस चेक जाँच गर्ने क्रममा बसको डिक्की भित्र जेब्रा झोलामा रातो प्लास्टिकले बेरेको दुईटा पोकामा लागु औषध गाँजा ८ किलो ग्राम फेला पारी लागु औषध गाँजा सहित जि.बारा प्रसौनी गाँउपालिका-५ प्रष्टोका बस्ने अन्दाजी बर्ष २६ को बकु रायलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको,