धादिङ: सवारी दुर्घटनामा १ जना घाईते १ जनाको मृत्यु

चैत्र-३० गते, गजुरी गाँउपालिका-२ बिहानी पेट्रोल पम्प नजिक चितवन बाट काठमाण्डौ तर्फ जाँदै गरेको ना६ख ७४६५ नम्बरको बसले बिपरित दिशा तर्फ जादै गरेको बा७४प ६७६८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक जि. गोर्खा शिरानचोक गाँउपालिका-६ बस्ने अन्दाजी २५ को शिव पुडासैनी घाईते भई गजुरी अस्पतालमा उपचार भईरहेको र मोटरसाईकलमा पछाडी सवार जि. गोर्खा भिमसेन थापा गाँउपालिका-१ बस्ने अन्दाजी बर्ष २० को अनिस बानिया को धुनिवेशी नगरपालिका-६ शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको, मोटरसाईकल, बस र बस चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।