काभ्रे: सवारी दुर्घटनामा १ जनाको मृत्यु १ जना घाईते

चैत्र-२९ गते,  बनेपा नगरपालिका-१३ भैसेपाटी चोक नजिकै बनेपा बाट सांगा तर्फ जाँदै गरेको ना३ख ६७८३ नम्बरको  माल वाहाक ट्रकले  बिपरित दिशा बाट आउदै गरेको बा७९प ९३८८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक जि. काभ्रेपलान्चोक धुलिखेल नगरपालिका-९ पात्लेखेत बस्ने वर्ष २८ को गणेश तामाङको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र सोहि मोटरसाईकल पछाडि सवार जि. काभ्रेपलान्चोक बनेपा नगरपालिका-५ बस्ने वर्ष २५ कि यसोदा हमाल घाईते भई धुलिखेल अस्पतालमा उपचार भईरहेको, ट्रक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।