धादिङ: लागुऔषध चरेश सहित मानिस पक्राउ

माघ-२७ गते, गजुरी गाँउपालिका-१ कृष्ण मन्दिर स्थित पृथ्बीलोकमार्गमा काठमाण्डौबाट भारत तर्फ जाँदै गरेको HR 55 M 9484 नम्बरको भारतीय कन्टिनरलाई खटिएको प्रहरी टोलीले चेकजांच गर्दा लागु औषध चरेश ३६० के.जी. सहित कन्टिनर चालक भारत जिल्ला मैनापुरी कारओली थाना बस्ने अन्दाजी बर्ष ६४ को ओम प्रकास, भारत जिल्ला फरुखा दउरा बस्ने अन्दाजी बर्ष २९ को मरपाल  वर्मा र  मोतियारी पुर्बी चम्पारण  बस्ने अन्दाजी बर्ष ३४ को गुलाव खान लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।