चितवन: सवारी दुर्घटनामा २ जना घाईते

माघ-२६ गते, खैरहनी नगरपालिका-१ शाही चोक  स्थित पुर्व पश्चिम मार्गमा नारायणगढबाट खैरहनी तर्फ आउदै गरेको लु६ख ४१७५ नम्बरको ट्रकले विपरित दिशा तर्फ जादै गरेको ना.९प ७७३८ नंम्बरको मोटरसाईकल लाई ठक्कर दिदा मोटरसाईकल चालक जि.चितवन राप्ति नगरपालिका-१ गडौलि बस्ने बर्ष ३५/३६ को मनोज थापा र निज को श्रीमती ऐ.ऐ. बस्ने बर्ष ३० की सुनिता चेपाङ गम्भीर घाईते भई पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भईरहेको, ट्रक, ट्रक चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।