मकवानपुर: सवारी दुर्घटनामा १ जना घाईते

माघ-२६ गते, हेटौंडा उपमहानगरपालिका-४ गर्दई ओरालो स्थित बजार बाट कमाने तर्फ जाँदै गरेको ना१८प ७२६८ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई ऐ. दिशातर्फ जादै गरेको ना३त ३६२२ नं.को ट्याक्टरमा पछाडीबाट ठोक्किन जाँदा मोटरसाईकल चालक ऐ. हेटौडा-८ कमाने बस्ने अन्दाजी बर्ष २३ को रनित महर्जन घाईते भई चुरेहिल अस्पतालमा उपचार भईरहेको, मोटरसाईकल र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा,  आवश्यक अनुसन्धान कार्य भईरहेको ।