सिन्धुपाल्चोक : सवारी दुर्घटनामा १ जनाको मृत्यु

माघ-२६ गते, थाङपाल गाँउपालिका वडा नं. ३ छेदेवा स्थित भित्री सडक खण्डमा याङग्रीबाट मेलम्ची तर्फ आँउदै गरेको बा१५च २७४१ नं. को बलेरो जिप अचानक सडकबाट अन्दाजी २० मिटर तल खोलामा पल्टन जाँदा उक्त जिपको चालक जि.सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ बस्ने बर्ष अन्दाजी २८/२९ को भिम रसाईलीको घटना स्थलमा नै मृत्यु भएको, गाडी घटनास्थलमा रहेको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।